विद्युतीय सवारीसाधनप्रति बढ्दो उपभोक्ता चासोलाई प्रतिबिम्बित गर्दै भी-२३ छ वटा रङका विकल्पमा उपलब्ध हुनेछ ।
What you should know
काठमाडौँ — ओमोडा एन्ड जेईकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले ‘आईकार भी-२३’ सार्वजनिक गरेको छ । ओमोडा एन्ड जेईको र आईकार दुवै चिनियाँ अटोमोबाइल निर्माता ‘चेरी ग्रुप’को हिस्सा हुन् ।
चेरीले विश्वका ८० भन्दा बढी मुलुक र क्षेत्रहरूमा निर्यात गर्दै विश्वभर १ करोड ३० लाखभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको छ । आईकार भी-२३ ले ‘रगेड एस्थेटिक्स’ र अत्याधुनिक प्रविधिको संयोजनमार्फत आफ्नो श्रेणीमा नयाँ ‘बेञ्चमार्क’ स्थापित गरेको छ ।
‘साइबर-टेक’ डिजाइनसहितको यो रेट्रो-क्लासिक एसयूभी टफ (मजबुत) मात्र नभई अत्यन्त सूक्ष्म इन्जिनियरिङमा आधारित छ । १०० किलोवाटको सिंगल मोटर सेटअप रहेको छ भने ८० न्यूटन मिटरको टर्क प्रदान गर्ने कम्पनीले दाबी गरेको छ।
५९.९३ किलोवाट–आवरको ब्याट्री प्याकसहित उपलब्ध छ भने एसयूभीको लम्बाइ ४,२२० मिलिमिटर, चौडाइ १,९१५ मिलिमिटर, उचाइ १,८४५ मिलिमिटर र ह्विलबेस २,७३५ मिलिमिटर रहेकाले सन्तुलित उपस्थिति (स्टान्स) र ‘स्पेसियस प्रपोसर्न’ (बनावट) सुनिश्चित गर्दछ ।
नेपालसहित विश्वभर रगेड देखिने विद्युतीय सवारीसाधनप्रति बढ्दो उपभोक्ता चासोलाई प्रतिबिम्बित गर्दै भी-२३ छ वटा रङका विकल्पमा उपलब्ध हुनेछ । यसको क्याबिनले आराम र व्यावहारिकतालाई प्राथमिकता दिएको छ । अगाडिको प्रशस्त स्पेसले दुवै ढोकाबाट सजिलै भित्र आउने र निस्कने गर्न मद्दत गर्छ भने पछाडिको रियर सिटिङ अझ फराकिलो छ ।
एसयूभीको भित्र विशेष रूपमा डिजाइन गरिएका ‘मेकानिकल नबहरू (डायलहरू)’ छन्, जसले ट्याक्टाइल (स्पर्शजन्य) विशेषताहरूलाई आधुनिक स्टाइलिङमा प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।
एसयूभीको ७० प्रतिशतभन्दा बढी भाग हाइ-स्ट्रेन्थ स्टिलको प्रयोग गरी हाई-रिजिडिटी बडीमा निर्माण गरिएको कम्पनीले जनाएको छ । भी-२३ ले ‘इन्टरप्राइज-ग्रेड ब्याट्री सेफ्टी’ मापदण्ड पालना गरेको छ, जसले आईकारको टिकाउपन र सुरक्षाप्रतिको प्रतिबद्धतालाई झल्काउने कम्पनीले जनाएको छ ।
