प्रिमियरकी श्रुति श्रेष्ठ ‘हल अफ फेम’मा

कक्षा ११ की श्रुतिले ४ रजत पदक पनि जित्दै व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गर्दै सम्मानित भइन्।

श्रावण ३०, २०८२

कान्तिपुर संवाददाता

Premier's Shruti Shrestha in 'Hall of Fame'

काठमाडौँ — प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कूलकी श्रुति श्रेष्ठले वर्ल्ड स्कलर्स कपमा ऐतिहासिक सफलता हासिल गर्दै ‘हल अफ फेम’मा नाम राख्ने नेपालकै पहिलो विद्यार्थी बनेकी छिन्।

थाइल्यान्डको बैंककमा सम्पन्न वर्ल्ड स्कलर्स कप २०२५ को ग्लोबल राउन्डमा प्रिमियरका १० सदस्यीय टोलीले ९ स्वर्ण र ३९ रजत पदक जित्दै अमेरिकाको येल विश्वविद्यालयमा हुने टुर्नामेन्ट अफ च्याम्पियन्समा स्थान सुरक्षित गरेको हो।

कक्षा ११ की श्रुतिले ‘ग्लोबल च्याम्पियन स्कलर’ र ‘जेएसी खोर अवार्ड’ समेत हात पारिन्। उनले व्यक्तिगत रूपमा ११ स्वर्ण र ४ रजत पदक जितिन्। टोलीका अन्य सदस्यले पनि उत्कृष्ट प्रदर्शन गरे। गरिमा रञ्जितले १ स्वर्ण, ७ रजत; सान्वी उपाध्यायले १ स्वर्ण, ४ रजत; संस्कृति अधिकारीले १ स्वर्ण, ३ रजत; बिआंका पालले १ स्वर्ण, ४ रजत; मन्त्र पोखरेलले २ स्वर्ण, ६ रजत; र सुप्रिणा अमी अधिकारीले १ स्वर्ण, ४ रजत हात पारिन्।

विश्वका ३० देशका ५ हजार २ सयभन्दा बढी विद्यार्थीबीच प्रतिस्पर्धा गर्दै प्रिमियर टोलीले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा गौरवान्वित बनाएको विद्यालयले जनाएको छ।

विद्यालयका अनुसार, वर्ल्ड स्कलर्स कपले वादविवाद, सिर्जनात्मक लेखन, टोलीगत समस्या समाधान र ज्ञान प्रतियोगिताजस्ता गतिविधिबाट विद्यार्थीको नेतृत्व, आलोचनात्मक सोच र विश्व नागरिकता क्षमता विकास गराउँछ।

कान्तिपुर

Link copied successfully