‘यही अगस्ट १३–३१ मा सञ्चालन हुने द ग्रेट इन्डियन बिर्यानी ट्रेलमा भारतका तीन ऐतिहासिक बिर्यानी परम्परा प्रस्तुत गरिनेछन्– अवधको राजसी स्वाद, हैदराबादको मसलेदार सम्पदा र कोलकाताको मीठो सुवास ।
काठमाडौँ — होटल याक एन्ड यतीले ‘द ग्रेट इन्डियन बिर्यानी ट्रेल’ र ‘चिट एन्ड चाट’ परिकार सुरु गरेको छ । भारतीय फाइन डाइनिङ स्थल स्पाइस रुममा यी दुई विशेष भान्सागत यात्राको सुरुवात गरिएको होटलले जनाएको छ ।
‘यही अगस्ट १३–३१ मा सञ्चालन हुने द ग्रेट इन्डियन बिर्यानी ट्रेलमा भारतका तीन ऐतिहासिक बिर्यानी परम्परा प्रस्तुत गरिनेछन्– अवधको राजसी स्वाद, हैदराबादको मसलेदार सम्पदा र कोलकाताको मीठो सुवास ।
यी सबै बिर्यानी अनुभवी मास्टर सेफहरूद्वारा परम्परागत विधि र उत्कृष्ट सामग्री प्रयोग गरी तयार पारिएका छन्, जसले भारतको विविध भान्सागत सम्पदालाई दर्साउँछ,’ होटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘चिट एन्ड चाट’ मार्फत भारतका लोकप्रिय सडक खाना संस्कृति प्रस्तुत गरिँदै छ, जहाँ अतिथिहरूले स्पाइस रुमको विशेष शैली र प्रस्तुतीकरणमा तयार गरिएका खट्टा, कुरकुरा र स्वादले भरिएका चाट स्वाद लिन सक्ने होटलले बताएको छ ।