भिसाको नेपाल प्रमुखमा थापा

भिसाले मनोज थापालाई नेपालका लागि कन्ट्री म्यानेजर नियुक्त गर्दा, उनी बंगलादेश, नेपाल र भुटानका सब्बीर अहमदलाई रिपोर्ट गर्नेछन्।

श्रावण २३, २०८२

कान्तिपुर संवाददाता

Thapa in Nepal head of Visa

काठमाडौँ — डिजिटल भुक्तानी सेवा प्रदायक भिसाले काठमाडौंमा कार्यालय स्थापना गरेको छ। कम्पनीले नेपालमा आफ्नो उपस्थिति बलियो बनाउने उद्देश्यसहित कार्यालय खोलेको हो।

भिसाले मनोज थापालाई नेपालको कन्ट्री म्यानेजरका रुपमा नियुक्त गरेको छ। उनी बंगलादेश, नेपाल र भुटान क्षेत्रका कन्ट्री म्यानेजर सब्बीर अहमदलाई रिपोर्ट गर्नेछन्।

नेपालमा फोनपे लगायत डिजिटल भुक्तानी क्षेत्रमा लामो अनुभव बोकेका थापाले भिसाको नेतृत्व सम्हाल्नेछन्। उनले यसअघि भारत र युकेमा पनि काम गरेका थिए। कम्पनीका अनुसार, थापाले स्थानीय साझेदारी विस्तार, वित्तीय समावेशीकरण प्रवर्द्धन र डिजिटल कारोबारलाई सहज बनाउने रणनीतिमा काम गर्नेछन्।

कान्तिपुर

Link copied successfully