बजारमा फक्सवागनका वट्रस र टाइगुन

जर्मन प्रविधिबाट निर्मित यी गाडीले अतुलनीय सुरक्षा तथा पावर पर्फमेन्सको अनुभूति दिलाउने कम्पनीले जनाएको छ ।

श्रावण २१, २०८२

कान्तिपुर संवाददाता

Volkswagen's Watarus and Tygun in the market

काठमाडौँ — जर्मन ब्रान्ड फक्सवागनका लागि नेपालको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले काठमाडौंमा जारी नाइमा अटो शोमा वट्रस सेडान र नयाँ टाइगुन गाडी लञ्च गरेको छ ।

यी दुवै गाडीमा यस सेग्मेन्टको सबैभन्दा पावरफुल १.५ लिटरको टर्बो पावर इन्जिन जडान गरिएको कम्पनीको दाबी छ । जर्मन प्रविधिबाट निर्मित यी गाडीले अतुलनीय सुरक्षा तथा पावर पर्फमेन्सको अनुभूति दिलाउने कम्पनीले जनाएको छ ।

नाइमा अटो शोमा जर्मन दूतावासका उदो भोल्जले यी दुवै गाडीको अनावरण गरेको कम्पनीले बताएको छ । यी दुवै गाडीमा पावरको आवश्यकताअनुसार दुई वा चारै सिलिन्डरबाट चल्ने १ हजार ५ सय सीसीबाट १ सय ५० हर्षपावर उत्पादन गर्न सक्षम फ्युल इफिसेन्ट इन्जिन रहेको कम्पनीको भनाइ छ ।

फक्सवागन वट्रस सेडान भए तापनि नेपालमा उपलब्ध धेरै एसयूभीभन्दा पनि बढी अर्थात् १८० मिमिको ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीको दाबी छ । यसैगरी फक्सवागन टाइगुन जीटी एसयूभी पनि नेपालको बाटोमा सुहाउँदो, १ सय ८८ मिमिको ग्राउन्ड क्लियरेन्स तथा अत्याधुनिक सेभेन स्पिड गियरबक्सका साथ लञ्च गरिएको कम्पनीले जनाएको छ ।

६ वटा एयर ब्याग, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, हिल होल्ड कन्ट्रोल आदि सुविधा पनि यसमा रहेको कम्पनीले बताएको छ ।

कान्तिपुर

Link copied successfully