'फ्रोजन डेजर्ट उद्योगको विकासमा नयाँ चरणको सुरुवात'

श्रावण १३, २०८२

कान्तिपुर संवाददाता

'The start of a new phase in the development of the frozen desert industry'

काठमाडौँ — सग्तानी ग्रुप, एलएआईइएफ आइसक्रिम मेसिनरिज र नेपाल–इटाली उद्योग वाणिज्य संघको सहकार्यमा ‘नेपालमा आइसक्रिम उत्पादनको रूपान्तरण’ विषयमा छलफल गरिएको छ।

यो सहकार्यले नेपालमा फ्रोजन डेजर्ट उद्योगको विकासमा नयाँ चरणको सुरुवात गर्नुका साथै नेपाल–इटालीबीचको औद्योगिक तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाएको छ।

कार्यक्रममा नेपाल र इटालीका खाद्य उद्योगका विज्ञहरू, उद्यमीहरू र सरोकारवालाहरूले आफ्नो भनाइ राखेका थिए। इटालीका प्रमुख ब्रान्डहरू -लाइफ एलएआईइएफ, टेक्नोइस, प्याकिन्ट र कोल्ड कार-ले उत्पादनदेखि ढुवानीसम्मका अत्याधुनिक, दिगो र प्रभावकारी प्रविधिहरू प्रदर्शन गरेका थिए।

यो सहकार्यले नेपालमा फ्रोजन डेजर्ट उद्योगको व्यावसायिक र प्रविधिमैत्री विकासतर्फ एक महत्त्वपूर्ण कदमका रूपमा मूल्यांकन गरिएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully