प्रोटोनको तेस्रो सोरुम पोखरामा 

प्रोटोनले पोखरामा नयाँ सोरुम उद्घाटन गर्दै ईमास ७ एसयूभी सार्वजनिक गरेको छ। सम्भावित ग्राहकका लागि विशेष योजनाहरू पनि उपलब्ध गराइएको छ।

श्रावण १२, २०८२

कान्तिपुर संवाददाता

Proton's third showroom in Pokhara

What you should know

कास्की — नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौं बाहिर पहिलोपल्ट पोखरामा सोरुम स्थापना गरेको छ । देशभर विद्युतीय सवारी (ईभी) को प्रयोगलाई तीव्र पार्ने क्रममा प्रोटोनले आफ्नो तेस्रो सोरुम सोमबारदेखि पोखराको बुद्धचोकमा सञ्चालनमा ल्याएको हो ।

सोरुममा प्रोटोनको प्रमुख विद्युतीय सवारी साधन प्रोटोन एसयूभी ईमास ७ बिक्रीका लागि राखिएको छ । काठमाडौंको नक्साल र थापाथलीपछि यो तेस्रो सोरुम हो । उक्त अवसरमा प्रोटोनले सम्भावित ग्राहकका लागि टेस्ट ड्राइभ दर्ता, व्यक्तिगत परामर्श, सजिलो फाइनान्स र सरकारी अनुदानका विकल्पका बारे पनि सहजीकरण गरेको छ ।

बिक्रीपछिको सेल्स सपोर्टलाई अझ विश्वासिलो बनाउन जगदम्बा मोटर्सले ग्राहकलाई विश्वस्तरीय सेवा सुनिश्चित गर्दै पोखरा भित्र तेस्रो सर्भिस सेन्टरको स्थापना गरेको हो ।

उद्घाटनका अवसरमा ग्राहकलाई प्रोटोन ईमास ७ को प्रमुख विशेषता, यसको स्मार्ट प्रविधि र दिगो यातायातप्रतिको प्रतिबद्धता बारेमा जानकारी गराइएको थियो । जगदम्बा मोटर्सले पोखरामा सोरुम उद्घाटनको पहिलो सातासम्म ग्राहकका लागि प्रोटोन ईमास ७ खरिद्मा शून्य प्रतिशत ब्याजदरको घोषणा गरेको छ । 

Proton's third showroom in Pokharaसोरुमको उद्घाटन पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) का अध्यक्ष दीपेन्द्र कोइरालाले गरे । उनले पोखरा अटोमोबाइल्सको दोस्रो हव भएको बताउँदै प्रोटोनलाई पोखरामा स्वागत गरे । पोखरामा पहिलो वाडा अटो सो सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिादै उनले दोस्रो संस्करणको तयारीमा जुटेको सुनाए । 

जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले सन् २०२५ सम्म राष्ट्रव्यापी विद्युतीय सवारी साधन सञ्जाल स्थापना गर्ने प्रोटोनको फराकिलो योजनाअन्तर्गत पोखरामा स्थापित सोरुम महत्त्वपूर्ण हिस्सा बन्ने बताए । ‘पोखरामा हामीले डिलर नै चलाउन खोजेको हो तर अहिलेको बजारको स्थितिलाई हेर्दा सहज नभएकोले आफै संरचना बनायौं,’ उनले भने, ‘भविष्यमा यहीका स्थानीयले गर्छौं भनेर आउनुभयो भने सहकार्य गर्न तयार छौं ।’ 

जगदम्बा मोटर्सका सहायक महाप्रबन्धक आकाशविक्रम थापाले पोखराको बजारलाई महत्त्व दिएर सोरुम स्थापना गरेको बताए । ‘यहाँको पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणमा सहयोग पुग्ने विश्वास लिएका छौं,’ उनले भने, ‘काठमाडौंमा मन जित्न सफल भएका छौं, पोखरामा पनि सफल हुनेछौं ।’

सोमबार नै कम्पनीले अर्को कार्यक्रम गरी प्रोटोनको एसयूभी ईभी ईमास ७ सार्वजनिक गरेको छ । जगदम्बा मोटर्सले नेपाली बजारमा गत चैतदेखि ईमास ७ को आधिकारिक रुपमा लन्च गरेको थियो । जगदम्बा मोटर्स, प्रोटोन नेपालका कार्यकारी निर्देशक अखिल गुप्ताले पोखरामा ईमास ७ सार्वजनिक गरे । ‘प्राकृतिक सौन्दर्य र आधुनिक सोचले भरिपूर्ण सहर पोखरामा प्रोटोन ल्याउन पाउादा हामी गर्व गर्छौं,’ उनले भने, ‘यस विस्तारसँगै हामी पश्चिम क्षेत्रभरका व्यक्ति र परिवारका लागि सफा, स्मार्ट र सजिलो यातायात अझ पहुँचयोग्य बनाउनेछौं । यो त केवल सुरुआत हो ।’

प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध प्रोटोन ईमास ७ को मूल्य क्रमशः ५६ लाख ९९ हजार र ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । प्लाटिनम सिल्भर, टर्क्वोइज ग्रीन, स्लेट ग्रे, क्वार्ट्ज रोज र लिथियम हृवाइट गरी विभिन्न ६ कलर अप्सनमा यो ईभी उपलब्ध छ ।

कान्तिपुर

Link copied successfully