नर्भिकमा 'इन्डोब्रोङ्कियल अल्ट्रासाउन्ड’ सेवा

असार ३२, २०८२

कान्तिपुर संवाददाता

Endobronchial ultrasound service in Norvik

काठमाडौँ — नर्भिक इन्टरनेसनल अस्पतालमा फोक्सोको समस्या पत्ता लगाउने अत्याधुनिक परीक्षण इन्डोब्रोङ्कियल अल्ट्रासाउन्ड (इबस) सुरु गरिएको छ ।

सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिस्ट डा. अच्युतभक्त आचार्यको नेतृत्वमा ‘इबस’ सेवाको सफल सुरुवात गरिएको अस्पतालले जनाएको छ । यसअन्तर्गत फोक्सोभित्र पाइप छिराएर अल्ट्रासाउन्डका साथै बायोप्सी गरिन्छ । यसबाट फोक्सोमा क्षयरोग तथा क्यान्सर भए/नभएको पत्ता लगाइन्छ ।

फोक्सोको क्यान्सर कुन स्टेजमा छ भन्ने पनि ‘इबस’ बाट पत्ता लगाइने अस्पतालको भनाइ छ । यसअघि यस्तो परीक्षण सरकारीस्तरमा वीर अस्पताल तथा बीपी कोइराला मेमोरियल अस्पताल धरानमा मात्र उपलब्ध भएकामा निजी क्षेत्रमा नर्भिकले पहिलो पटक सुरु गरेको अस्पतालको दाबी छ ।

‘अब फोक्सोको समस्या पत्ता लगाउन सहज भएको छ,’ डा. आचार्यले भने, ‘यसैका लागि भारत धाउनुपर्ने अवस्था रहने छैन ।’ ‘इबस’ ब्रोङकोस्कोपीभन्दा अत्याधुनिक तरिकाले परीक्षण गर्ने विधि रहेको डा. आचार्यले बताए ।

कान्तिपुर

Link copied successfully