एनआईसी एसिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच छुट सम्झौता

असार ३२, २०८२

कान्तिपुर संवाददाता

Discount agreement between NIC Asia Bank and Nagarkot Community Homestay

काठमाडौँ — एनआईसी एसिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच बैंकका ग्राहकलाई होमस्टे सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौतासँगै अब बैंकका ग्राहकले १७ घरपरिवारद्वारा सञ्चालित नगरकोट सामुदायिक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् ।  

चाँगुनारायण, भक्तपुरमा अवस्थित नगरकोट सामुदायिक होमस्टेको सेवा लिई ग्राहकले बैंकको मोबाइल बैंकिङ सेवा एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा उपभोग गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वित्तीय समावेशीकरण तथा डिजिटल सशक्तीकरणमा डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्न यस सम्झौताले सघाउने बैंकले जनाएको छ । यसबाट ग्राहकलाई सरल, सहज, सुरक्षित डिजिटल भुक्तानी सुविधा उपलब्ध हुने र दिगो ग्रामीण पर्यटन विकासमा सहयोग पुग्ने बैंकको भनाइ छ ।  

कान्तिपुर संवाददाता

Link copied successfully