काठमाडौँ — डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेले आफ्नो नेटवर्कमार्फत १० लाखभन्दा बढी अन्तरदेशीय यूपीआई कारोबार भएको छ। भारतीय प्रयोगकर्ताका लागि नेपालमा सुरक्षित, सहज र वास्तविक समयमा डिजिटल भुक्तानी गर्न सकिने सुविधाले नयाँ उचाइ हासिल गरेको फोनपेको दाबी छ।
भारतीय पर्यटकहरूले नेपाल भ्रमणका क्रममा फोनपे क्यूआर स्क्यानमार्फत यूपीआई सक्षम एप्स प्रयोग गरी सहज रूपमा भुक्तानी गर्न थालेका छन्। डिजिटल भुक्तानी प्रविधिको तीव्र अपनत्व र विस्तारले क्रस-बोर्डर यात्रा, व्यापार र व्यक्तिगत खर्चमा डिजिटल विकल्पप्रति बढ्दो विश्वास झल्काएको कम्पनीको भनाइ छ।
फोनपेका अनुसार १० लाखभन्दा बढी यूपीआई कारोबार संख्याबाट २ अर्ब रुपैयाँभन्दा बढी कारोबार भएको छ । फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारले भने, '१० लाख यूपीआई कारोबार पार गर्नु भनेको नेपालमा भारतीय ग्राहकहरूद्वारा डिजिटल भुक्तानीप्रति देखाइएको विश्वास र अपनत्वको प्रमाण हो।'
