प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष कार्कीले लिए सपथ

असार २३, २०८२

कान्तिपुर संवाददाता

Prabhu Bank Chairman Karki took oath

काठमाडौँ — प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष किशोर जंग कार्कीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन्।

कार्कीले सोमबार नै बसेको बैंकको सञ्चालक समितिको ३८१ औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार समेत सम्हालेका छन्।

२०८१ पुस २९ गते सम्पन्न बैंकको २३ औं वार्षिक साधारण सभामा सर्वसाधारण समूहका सेयरधनीको प्रतिनिधित्व गर्दै कार्की बैंकको सञ्चालकमा निर्वाचित भएका थिए।

२०८२ असार १९ गते बसेको बैंकको ३८० औं सञ्चालक समितिको बैठकबाट उनी सञ्चालक समितिको अध्यक्ष पदमा चयन भएका हुन् ।

कान्तिपुर

Link copied successfully