काठमाडौँ — कुमारी बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ । फोनपे पेमेन्ट सर्भिससँगको सहकार्यमा सुरु गरिएको यो सेवा बैंकको मोबाइल बैंकिङ एपमार्फत प्रयोग गर्न सकिनेछ ।
फोनपेको क्यूआर मर्चेन्टहरूमा पेमेन्ट कारोबार गर्न सकिने यस भर्चुअल क्रेडिट कार्डको भुक्तानीका लागि ग्राहकहरूले अधिकतम ४५ दिनसम्म बिनाब्याज (सर्तहरू लागू हुनेछ) उपभोग गर्न सक्नुका साथै सेटलमेन्टमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्पसमेत छान्न सक्नेछन् । बैंकले विद्युतीय कारोबारलाई प्राथमिकता दिँदै आफ्ना ३०२ शाखा, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ इकाइमार्फत सुरक्षित, अत्याधुनिक र प्रभावकारी सेवा प्रदान गर्दै आएको छ ।
