काठमाडौँ — भारतीय इलेक्ट्रोनिक्स ब्रान्ड (बीटीएल) ले नेपालको लिम्बिक एड्भर्टाइजिङसँग आधिकारिक रूपमा रणनीतिक साझेदारी गरेको छ । बजाज ट्युब्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवीन बजाज र प्रमुख सञ्चालन अधिकृत प्रिन्स बजाज एवं लिम्बिक एड्भर्टाइजिङका प्रबन्ध निर्देशक प्रज्ञा शर्माले समझदारीपत्रमा हस्ताक्षर गरे ।
समझदारीअन्तर्गत लिम्बिक एड्भर्टाइजिङ अब नेपालमा बीटीएलको आधिकारिक ब्रान्ड कन्सल्टिङ तथा विज्ञापन साझेदार हुनेछ । अब भारतीय समूहले सीधै नेपाली एजेन्सीलाई आफ्नो सम्पूर्ण मार्केटिङ जिम्मेवारी दिनेछ ।
बीटीएलका प्रविधिमैत्री उत्पादनलाई नेपाली घरघरमा पुर्याउने उद्देश्य रहेको बजाज ट्युब्सका प्रमुख कार्यकारी अधिकृत नवीनले बताए । अब लिम्बिक एड्भर्टाइजिङले ब्रान्डको रणनीतिक पोजिसनिङ, विज्ञापन अभियान, इन्फ्ल्युन्सर मार्केटिङ, पीओएस ब्रान्डिङ र ब्रान्ड कन्सल्टिङको नेतृत्व गर्नेछ ।
भारतीय समूहबाट विश्वास प्राप्त गर्नु ठूलो अवसर र जिम्मेवारी रहेको लिम्बिकका प्रबन्ध निर्देशक शर्माले बताए ।
