ब्रजेश्वरी इन्डस्ट्रिजले पायो भारतको बीआइएस प्रमाणपत्र

भारतमा पुनः डायपर निर्यात सुरु

असार १६, २०८२

कान्तिपुर संवाददाता

Brajeshwari Industries got India's BIS certificate

काठमाडौँ — शिशु डाइपर निर्माता कम्पनी ब्रजेश्वरी इन्डस्ट्रिजले भारतीय मानक ब्युरो (बीआइएस) प्रमाणपत्र पाएको छ । बीआइएस प्रमाणपत्र पाउने पहिलो नेपाली बेबी हाइजिन बनेको कम्पनीले दाबी गरेको छ । 

करिब ६० करोड रुपैयाँको लगानीमा सन् २०१९ मा मा स्थापना भएको ब्रजेश्वरी समूहका अध्यक्ष एसपी ढकालले बताए । कम्पनीले निरन्तर आधुनिक प्रविधि, उच्च गुणस्तरका कच्चा पदार्थ, र विश्वस्तरीय उत्पादन विधिमा लगानी गर्दै आएको छ ।

‘न्यानो’ र ‘टेन्डर टच’ ब्रान्डमार्फत बच्चाको डाइपरलगायत उत्पादन गरिरहेको छ । भारतले आयातित बेबी हाइजिन उत्पादनमा बीआइएस प्रमाणपत्र अनिवार्य गरेपछि विगत ६ महिनादेखि निर्यात प्रक्रिया रोकिएको छ ।

बीआइएस मापदण्ड र उच्च अस्वीकृति दर हुँदाहुँदै प्रमाणपत्र पाएको कम्पनीको दाबी छ । ‘कडा परीक्षण र सम्पूर्ण नियम पालना गरिसकेपछि हामीले बीआइएस प्रमाणपत्र प्राप्त गरेका छौं भन्ने कुरामा हामी गौरवान्वित छौं,’ उनले भने, ‘यो हाम्रो कम्पनीका लागि मात्र नभई सम्पूर्ण नेपाली उत्पादन उद्योगका लागि नयाँ अध्याय हो ।’ आगामी वर्ष भारतमा ५० करोड रुपैयाँभन्दा बढीको डाइपर निर्यात गरिने कम्पनीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully