महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी फोनेपे क्रेडिट कार्ड’

असार १५, २०८२

कान्तिपुर संवाददाता

Mahalakshmi Bikas Bank's 'Mahalakshmi PhonePay Credit Card'

काठमाडौँ — डिजिटल भुक्तानी सञ्जाल फोनेपेले महालक्ष्मी विकास बैंकसँगको साझेदारीमा ‘महालक्ष्मी फोनेपे क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ । आफ्ना ग्राहकलाई फोनेपे क्रेडिट कार्ड सेवा दिने पहिलो विकास बैंक बन्न सफल भएको बैंकको दाबीसमेत छ ।

फोनेपे क्रेडिट कार्ड स्किमअन्तर्गत उपलब्ध यो सेवा पूर्ण रूपमा भर्चुअल छ । महालक्ष्मी बैंकको मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत यसलाई सजिलै प्रयोग गर्न सकिनेछ ।

कार्डमार्फत प्रयोगकर्ताहरूले नेपालभरका कुनै पनि फोनेपे क्युआर मर्चेन्टमा स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । यो कार्डले परम्परागत क्रेडिट कार्डका ४५ दिनको ब्याजरहित अवधि, लचिलो किस्ताबन्दी सुविधा र क्युआरमार्फत सुरक्षित भुक्तानी प्रदान गर्नेछ ।

महालक्ष्मी फोनेपे क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले ५० प्रतिशतसम्मको क्यासब्याक, अधिकतम ५ सय रुपैयाँसम्मको लाभ प्राप्त गर्न सक्नेछन् ।

सीमित अवधिको यो प्रमोसनले ग्राहकलाई क्युआर–आधारित क्रेडिट भुक्तानीको सहजता र प्रयोगात्मक अनुभव दिलाउने बैंकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully