काठमाडौँ — ग्लोबल आईएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा ‘धान खेती कर्जा’ सार्वजनिक गरेको छ ।
सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा मुलुकलाई आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनीतिलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त कर्जा योजना सार्वजनिक गरेको बताएको छ ।
योजनाअन्तर्गत कृषकले धानको बीउ, रासायनिक तथा जैविक मल, कृषि उपकरण तथा अन्य आवश्यक कृषि सामग्री खरिद गर्न २० लाख रुपैयाँसम्म कर्जा पाउनेछन् ।
यो कर्जाले किसानलाई धान खेती गर्न प्रोत्साहित गर्ने र धानको उत्पादन वृद्धिमा समेत सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले जनाए ।
