काठमाडौँ — विपद् जोखिम न्यूनीकरण गर्न सुशील केडिया सेवा फाउन्डेसनले उपत्यका प्रहरी कार्यालयलाई उद्धार सामग्री हस्तान्तरण गरेको छ । फाउन्डेसनले रबर बोट, लाइफ ज्याकेट, बुटलगायत अत्यावश्यक समाग्री हस्तान्तरण गरेको हो ।
रत्नपार्कस्थित उपत्यका प्रहरी कार्यलयमा प्रहरी प्रमुख टेकबहादुर तामाङलाई फाउन्डेसनका अध्यक्ष सुमित केडियाले विपद् उद्धार सामग्री हस्तान्तरण गरे । विपद्को कुनै निश्चित समय नभएकाले उद्धार तथा व्यवस्थापनका लागि सरकारी संयन्त्र मात्रै नभई सबै पक्षको सहकार्य र जागरुकता आवश्यक रहेको तामाङले बताए ।
भौगोलिक हिसाबले काठमाडौं बाढीपहिरोको जोखिम क्षेत्र रहेकाले उपत्यका प्रहरी कार्यालयको सहकार्यमा आम नागरिकको जीवन सुरक्षाका लागि सामग्री वितरण गरेका केडियाले जनाए । आगामी दिनमा पनि यस्तै सहकार्यलाई निरन्तरता दिने उनले प्रतिबद्धता गरे ।
