जोन्टा क्लब काठमाडौं र जेन गुडल इन्स्टिच्युट नेपालको सहकार्यमा वृक्षरोपण अभियान

जेष्ठ २३, २०८२

कान्तिपुर संवाददाता

Tree plantation campaign in collaboration with Zonta Club Kathmandu and Jane Goodall Institute Nepal

काठमाडौँ — जोन्टा क्लब काठमाडौंले जेन गुडल इन्स्टिच्युट नेपालसँगको सहकार्यमा वृक्षरोपण अभियान सञ्चालन गरेको छ । यस अभियानले जलवायु परिवर्तन र लैङ्गिक असमानताबीचको अन्तरसम्बन्धमा चेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको क्लबले जनाएको छ ।

विश्व वातावरण दिवसको अवसरमा क्लबले वृक्ष रोपण गरेको हो । यो अवसरमा क्लबले ललितपुरको ढुंगेधारामा आयोजित कार्यक्रममा १६५ भन्दा बढी रूखहरू रोपेको जानकारी दिएको छ ।

उक्त अभियान जोन्टा क्लब काठमाडौंका ‘लैङ्गिक समानतायुक्त जलवायु कदम’ संयोजक लुजा माथेमाको नेतृत्वमा सम्पन्न भएको थियो । यसैगरी उक्त अभियान ‘लैङ्गिक समानता तथा सामाजिक समावेशिता’ संयोजक मलिका रानाको समन्वयमा सम्पन्न भएको हो ।

कान्तिपुर

Link copied successfully