सुदूरपश्चिमलाई पर्यटकीय गन्तव्य बनाउन एडीबीको सुझाव 

जेष्ठ २२, २०८२

कान्तिपुर संवाददाता

ADB's suggestion to make Far West a tourist destination

काठमाडौँ — एसियाली विकास बैंक (एडीबी) ले सुदूरपश्चिम प्रदेशलाई दिगो र समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सिफारिस प्रस्तुत गरेको छ । उक्त सिफारिस सुदूरपश्चिम एकीकृत आर्थिक तथा पर्यटकन विकास अध्ययनमा आधारित रहेको एडीबीले जनाएको छ ।

एडीबीले उक्त सिफारिस धनगढीमा हालै आयोजित पर्यटन परामर्श गोष्ठी एवं पूर्व–लगानी तथा विकास सम्मेलनका क्रममा प्रस्तुत गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुरोधमा एडीबीले उक्त अध्ययन सम्पन्न गरेको र सन् २०२२ को प्रदेश पर्यटन गुरुयोजना निर्माण गरेको जनाइएको छ ।

‘यस प्रदेशको प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदा अत्यन्त अनुपम छन् । तर पर्यटनको सम्भावना अझैसम्म पूर्ण रूपमा उपयोग भएको छैन,’ नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले भने, ‘अध्ययनले कनेक्टिभिटी (यातायात सञ्जाल), पर्यटकीय गन्तव्यहरू र जनशक्तिको क्षमता विकास लक्षित लगानीद्वारा सुदूरपश्चिमलाई समृद्ध पर्यटन अर्थतन्त्रमा रूपान्तरण गर्न सकिन्छ भन्ने देखाएको छ ।’ 

कान्तिपुर

Link copied successfully