एमआरपी र लेबलिङ कार्यान्वयनको समस्याबारे चेम्बरको ध्यानाकर्षण

जेष्ठ २१, २०८२

कान्तिपुर संवाददाता

Attention of the Chamber on the issue of MRP and labeling implementation

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सले अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) र लेबलिङ कार्यान्वयनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । उपाध्यक्ष दीपक श्रेष्ठ नेतृत्वको चेम्बर अफ कर्मसको टोलीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष उपभोक्ता र बिक्रेता दुवैलाई सचेतना गराएर मात्रै एमआरपी र लेबलिङ कार्यान्वयन गर्न सुझाएको हो ।

‘गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकार हो । उक्त हकबाट उपभोक्तालाई वञ्चित हुन नदिन तथा बजार र मालवस्तुबारे हरेक विषयमा चेतना अभिवृद्धि गर्न प्रचारप्रसार तथा सचेतनाका कार्य अगाडि बढाइनुपर्नेमा सो कार्य अगाडि नबढाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हाल चालिरहेको कदमले राज्यको ऐन, कानुन, नियम मान्ने आधिकारिक उद्योगी तथा व्यवसायी मर्कामा परेका छन्,’ चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ । लेबलिङ र एमआरपीका सम्बन्धमा उपभोक्ता र व्यापारीमा प्रचारप्रसार गरी हाल विवादमा आएका विषय आपसी छलफलबाट टुंग्याउने सहमति भए पनि उक्त सहमति विपरीत विभागले अनावश्यक रूपमा उद्यमी व्यवसायीलाई धम्क्याउने गरेको चेम्बरको गुनासो छ ।

कान्तिपुर

Link copied successfully