काठमाडौँ — नेपाल क्लियरिङ हाउस लिमिटेडको सञ्चालक समिति अध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेतप्रसाद उप्रेती नियुक्त भएका छन् ।
जेठ ८ मा आयोजित एक औपचारिक कार्यक्रमबीच उप्रेतीले डेपुटी गभर्नर बमबहादुर मिश्रसँग अध्यक्ष पद तथा गोपनीयताको शपथ लिए । यसअघि उक्त पदमा कार्यकारी निर्देशक विश्रुत थापा थिए ।
उप्रेतीसँग केन्द्रीय बैंकका विभिन्न विभागमा २७ वर्षभन्दा बढी काम गरेको अनुभव छ । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका उप्रेती राष्ट्र बैंकको गैरबैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक छन् ।
