नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

जेष्ठ ९, २०८२

कान्तिपुर संवाददाता

Agreement between Citizen Investment Fund and Department of Land Management

काठमाडौँ — नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो रोक्का तथा फुकुवा गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

उक्त सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र विभागका तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरे । सम्झौतापछि काठमाडौं उपत्यकामा कोषले प्रदान गर्ने आवास तथा सरल कर्जाको धितो रोक्का तथा फुकुवा अनलाइनबाट हुनेछ । यसले आवास तथा सरल कर्जासम्बन्धी काम छिटो हुने विश्वास लिइएको छ ।

कान्तिपुर

Link copied successfully