डोलेश्वर भिलेज रिसोर्ट र सिटिजन्स क्यापिटलबीच परामर्श सम्झौता

जेष्ठ १, २०८२

कान्तिपुर संवाददाता

Consultancy agreement between Doleshwar Village Resort and Citizens Capital

काठमाडौँ — डोलेश्वर भिलेज रिसोर्ट एन्ड फार्म हाउस र सिटिजन्स क्यापिटलबीच संस्थागत परामर्शसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा रिसोर्टका अध्यक्ष रामनाथ मैनाली र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौतापछि क्यापिटलले रिसोर्टलाई प्राइभेट लिमिटेडबाट पब्लिक कम्पनीमा रूपान्तरण गर्न तथा सार्वजनिक निष्कासन (आईपीओ) अनुमति लिन सम्पूर्ण तयारी कार्य परामर्श सेवा दिनेछ ।

२०७६ देखि कारोबार सुरु भएको रिसोर्ट डोलेश्वर भक्तपुरमा १० रोपनी क्षेत्रफलमा फैलिएको छ । १५ वटा कोठा रहेको रिसोर्टमा संख्या वृद्धि गरी ३५ वटा कोठा पुर्‍याउने र स्विमिङ पुल निर्माणाधीन अवस्थामा रहेको कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully