काठमाडौँ — पेप्सीको पेय पदार्थ ब्रान्ड माउन्टेन ड्युले नेपालमा ‘पिक्स अफ करेज’ सुरु गरेको छ । नेपाल पर्यटन बोर्ड र डिस्कभरी च्यानलसँगको सहकार्यमा माउन्टेन थालिएको अभियानले नेपालका धेरै प्रचारमा नआएका हिमशिखरहरूबारे जानकारी प्रदान गर्ने जनाइएको छ ।
दशकौंदेखि नेपालको हिमाल आरोहणको कथा प्रसिद्ध हिमशिखरमै केन्द्रित रहँदै आएको छ । पिक्स अफ करेजले यस कथालाई नेपाल केवल सगरमाथाको घर मात्र नभई विश्वकै अधिक साहसिक आरोहणको भूमि हो भन्ने यथार्थलाई उजागर गरिदिने पेप्सीको भनाइ छ ।
आकर्षक कथामार्फत मौसमी आरोही र नयाँ एडभेन्चरलाई आमन्त्रण गरेर नेपालको चर्चामा नआएका शिखरबारे जानकारी दिने अभियानको उद्देश्य छ ।
