भैरहवामा ‘एनसेल सप इन सप’

वैशाख २६, २०८२

कान्तिपुर संवाददाता

'Ncell Shop in Shop' at Bhairahawa

काठमाडौँ — एनसेलले ‘एनसेल सप इन सप’ सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहक सेवालाई थप विस्तार गर्दै नयाँ अवधारणाका साथ कम्पनीले उक्त सप सञ्चालनमा ल्याएको बताएको छ ।

एनसेलको आधिकारिक खुद्रा विक्रेता न्यू लुम्बिनी ए टू जेड मोबाइलसँगको साझेदारीमा एनसेलले उक्त सप सञ्चालन गरेको हो ।

बिहीबार आयोजित एक समारोहबीच एनसेलका चिफ अफ स्टाफ स्टिवन रोड्रिगेजले उक्त सप उद्घाटन गरे । सपबाट ग्राहकले एनसेलका सेवा, सुविधासम्बन्धी साधारण सोधपुछ सेवा प्राप्त गर्नेछन् ।

ग्राहकले एनसेलको सपबाट ग्राहकले एनसेल सेन्टरबाट उपलब्ध सेवा पाउनेछन्, जसमा सिम लिने, रिचार्ज गर्ने, केवाईसी अपडेट गर्ने, सिम स्वामित्व पुनः प्रमाणीकरण गर्ने, लोकप्रिय सधैं अन रिन्युअलजस्ता प्याक, ई–सिम अपग्रेड गर्ने र इन्टरनेट सेटिङ सेवा रहेको कम्पनीले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully