काठमाडौँ — विगत ६ दशकदेखि चियारोपण, प्रशोधन, बजारीकरण र निर्यातमा योगदान गरिरहेका उद्योगी राम कुमार राठीलाई सरकारले लाइफटाइम आचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।
उद्योगी राठीलाई २९औं राष्ट्रिय चिया दिवसका अवसरमा राष्ट्रिय चिया तथा कफी विकाश बोर्डले अवार्ड प्रदान गरेको हो ।
कृषि तथा पशुपक्षी विकासमन्त्री एवम् बोर्डका अध्यक्ष रामनाथ अधिकारी र बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेले राठीलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।
राठी नेपालका पहिलो टि टेस्टर (चिया परीक्षक)समेत हुन् । उनले टेस्टिङ प्लान्टेसन एण्ड म्यानुफ्याक्चरिङमा स्नातकोत्तर गरेका छन् ।
२५ वर्षको उमेरमा चीन गएका बेला त्यहाँको टि टेस्टिङ हेरेपछि उनी यस क्षेत्रतर्फ आकर्षित भएका थिए ।
