ह्याकाथनका विजेतालाई १ लाख

वैशाख २२, २०८२

कान्तिपुर संवाददाता

1 lakh to the winner of the hackathon

काठमाडौँ — ग्लोबल आईएमई बैंकको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ‘ग्लोबल आईएमई एआई/एमएल ह्याकाथन’ गरेको छ ।

बैंकले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई लक्ष्य गर्दै सम्भावित नवीनतम प्रविधिमा आधारित बैंकिङ सेवा विकासका लागि उक्त प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगितामा २१ वटा टोलीलाई अनलाइन पेपर प्रिजेन्टेसनका लागि छानिएको थियो । प्रतियोगी टोली काठमाडौं, महेन्द्रनगर, पोखरा, वीरगन्ज, काभ्रे र धरानबाट सहभागी भएका थिए ।

प्रतियोगिताको विजेता टिम क्याल्कुलुसले १ लाख रुपैयाँ हात पारेको छ । साथै डब्लूडीके, लार्के पास, टिम जनकपुर, फ्रडेक्स टोलीले क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं पुरस्कारबाट पुरस्कृत भएका छन् । डब्लूडीकेले ७५ हजार, लार्के पासले ५० हजार, टिम जनकपुर र टिम फ्रडेक्सले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको बैंकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully