स्थापनाकालदेखि एनसेलले तिर्‍यो ३४० अर्ब रुपैयाँ कर

वैशाख २१, २०८२

कान्तिपुर संवाददाता

Since its inception, Ncell has paid 340 billion rupees in taxes

काठमाडौँ — एनसेलले स्थापनाकालदेखि २०८०/८१ सम्ममा सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकमा ३४० अर्ब रुपैयाँभन्दा बढी कर तथा शुल्क तिरेको जनाएको छ । यसका लागि एनसेल सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रबाट सबैभन्दा धेरै आयकर तिर्ने करदाताका रूपमा सम्मानित भएको छ ।

वैशाख १९ मा काठमाडौंमा आयोजित ८औं ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२’ का अवसरमा एनसेल सम्मानित भएको हो । आईसीटीको विकास र प्रवर्द्धनका लागि प्रत्येक वर्ष मे २ लाई ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस’का रूपमा मनाइँदै आएको छ ।

उक्त अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एनसेलका मार्केटिङ, कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंहलाई सम्मानपत्र प्रदान गरे । गत आर्थिक वर्ष २०८०/८१ मा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रबाट सबैभन्दा धेरै कर बुझाएर राष्ट्रलाई पुर्‍याएको विशिष्ट योगदानको उच्च मूल्यांकन गर्दै एनसेललाई सम्मान गरिएको हो । 

कान्तिपुर

Link copied successfully