काठमाडौँ — एनएमबी बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी), ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई) र मेट लाइफसँग साझेदारी गरेको छ । बैंकले यी निकायसँग ६ करोड अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ अंकित हरित बन्ड जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर गरेको हो ।
यस सहकार्यले जलवायु परियोजनामा संलग्न उद्यममा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गुणस्तरीय रोजगारी सिर्जना हुने लक्ष्य लिएको बैंकको भनाइ छ ।
यसले देशको ऊर्जा क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास बैंकको छ । यस अवसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलले यस प्रयासमार्फत नवीकरणीय ऊर्जा लगायतका क्षेत्रमा पारिवर्तनकारी फड्को मारिने विश्वास व्यक्त गरे ।
