ब्रिटिस काउन्सिलद्वारा नेपालमा अन्तर्देशीय शिक्षासम्बन्धी अनुसन्धान सार्वजनिक

वैशाख १७, २०८२

कान्तिपुर संवाददाता

British Council published research on international education in Nepal

काठमाडौँ — ब्रिटिस काउन्सिलले नेपालमा अन्तर्देशीय शिक्षा (ट्रान्सनेसनल एजुकेसन–टीएनई) को वर्तमान अवस्था र भविष्यका सम्भावनाबारे एक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ । यो प्रतिवेदनमा विद्यार्थी र शैक्षिक संस्थालाई प्राप्त अवसर र उनीहरूले भोगेका चुनौतीहरूका बारेमा प्रकाश पारिएको काउन्सिलले जनाएको छ ।

यो प्रतिवेदन ब्रिटिस काउन्सिलले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा सार्वजनिक गरेको हो । कार्यक्रममा नीति निर्माता, शैक्षिक संस्थानका उच्च प्रतिनिधि, शिक्षा क्षेत्रका सरोकारवाला, शिक्षक तथा अन्तर्राष्ट्रिय शिक्षा विज्ञहरूबीच अन्तर्देशीय शिक्षाका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले नेपालको उच्चशिक्षाको भविष्य निर्माणमा अन्तर्देशीय शिक्षाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully