मैदा उद्योग संघ र एग्रिवाचबीच अनुगमन सम्झौता

वैशाख १६, २०८२

कान्तिपुर संवाददाता

Monitoring agreement between Maida Udyog Sangha and Agriwatch

काठमाडौँ — कृषि क्षेत्रमा भू–उपग्रह प्रविधिको प्रयोगमार्फत गहुँ बालीको अनुगमन गर्न नेपाल मैदा उद्योग संघ र भारतको एग्रिवाचबीच सम्झौता भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यमा संघ र एग्रिवाचबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार आधुनिक प्रविधिमार्फत गहुँ बालीको अनुगमन र किसानको गहुँ उत्पादन क्षमता वृद्धि गरिने संघका महासचिव राधेश्याम अग्रवालले जनाए । यसबाट वैज्ञानिक बाली तथ्यांक, किसानको समस्याको गहिरो बुझाइ र समाधान गरेर तीन वर्षमा गहुँमा आत्मनिर्भर हुने ठूलो सम्भावना रहेको उनले बताए ।

‘प्रविधि, नवप्रवर्तन र सही नीतिको माध्यमबाट किसानलाई सशक्त बनाउँदै, नेपालको कृषि भविष्यलाई परिवर्तन गर्न सक्छौं,’ उनले भने ।

कान्तिपुर

Link copied successfully