स्ट्यान्डर्ड चार्टर्डको क्षेत्रीय 'करेस्पोन्डेन्ट बैंकिङ एकेडेमी’ 

वैशाख १५, २०८२

कान्तिपुर संवाददाता

Standard Chartered's regional 'Correspondent Banking Academy'

काठमाडौँ — स्ट्यान्डर्ड चार्टर्ड बैंक (एससीबी) ले नेपालमा ‘करेस्पोन्डेन्ट बैंकिङ एकेडेमी’ गरेको छ । अन्तर्राष्ट्रिय बैंकिङ सञ्चालनलाई सुदृढ बनाउने, अनुपालन मापदण्ड सुधार गर्ने र विश्वव्यापी उत्कृष्ट अभ्यास प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले यही वैशाख ११ र १२ मा काठमाडौंमा दुईदिने कार्यशाला आयोजना गरेको हो ।

वित्तीय अपराध नियन्त्रणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव फणीन्द्र गौतमले बताए । कार्यशालामा एसिया र दक्षिण एसियाका १५ देशका १३० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो । सहभागीमध्ये केन्द्रीय बैंक, नियामक निकाय र बैंकिङ क्षेत्रका प्रमुख व्यक्ति थिए । 

कान्तिपुर

Link copied successfully