एनसेल डेटा सेन्टर र क्लाउड अब सेवा प्रदायक 

वैशाख १०, २०८२

कान्तिपुर संवाददाता

Ncell data center and cloud now service provider

काठमाडौँ — सूचना प्रविधि विभागले एनसेललाई डेटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रूपमा गत आइतबार औपचारिक रूपमा सूचीकृत गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको विभागले ‘डेटा सेन्टर तथा क्लाउड सेवा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१’ अनुसार कानुनी मापदण्ड पूरा गरेको ठहर गर्दै एनसेललाई अनुमोदन दिएको हो ।

कम्पनीको प्रत्यक्ष निरीक्षण तथा पेस गरिएका कागजातहरूको मूल्यांकनपछि कम्पनीले आवश्यक सुरक्षा तथा प्राविधिक मापदण्ड पूरा गरेको देखिएकाले सूचीकरण प्रदान गरिएको विभागले जनाएको छ । एनसेलले डेटा सेन्टर र 

क्लाउड सेवाका लागि छुट्टाछुट्टै रूपमा सूचीकरण गराएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । जसले गर्दा कम्पनी अब दुवै सेवा कानुनी रूपमा सञ्चालन गर्न सक्ने पहिलो र एक मात्र कम्पनी बनेको दाबी गरेको छ ।

कान्तिपुर

Link copied successfully