डा. कोइरालाको केआईओसीएचलाई आचार्यले दिइन् एक करोड

वैशाख ९, २०८२

कान्तिपुर संवाददाता

Dr. Acharya gave 1 crore to KIOCH in Koirala

काठमाडौँ — डा. भगवान कोइरालाले स्थापना गरेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच)लाई महिला सशक्तिकरण र समतामूलक समाज निर्माणको वकालत गर्दै आएकी प्रमिला आचार्य रिजालले एक करोड रुपैयाँ दिएकी छन् । 

आचार्यले सोमबार उक्त रकमको चेक केआईओसीएचका संस्थापक डा कोइरालालाई प्रदान गरेकी हुन् । शहरी गरिब, दुर्गम क्षेत्रका बालबालिका र अन्य विपन्न समुदायमा विशेष ध्यान केन्द्रित गर्दै सेवा दिँदै आएको उक्त संस्थाको अभियानमा सहयोग पुगोस भनेर आचार्यले एक करोड नेपाली रुपैयाँको चेक कोइरालालाई हस्तान्तरण गरेकी हुन् । 

सकारात्मक सामाजिक परिवर्तनका लागि नागरिकहरु पनि जिम्मेवार बन्नुपर्छ भनेर उक्त रकम सहयोग वापत उपलब्ध गराएको आचार्यले बताएकी छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully