काठमाडौँ — दराजले ‘दराज फ्युचर लिडर्स प्रोग्राम २०२५’ को घोषणा गरेको छ । यो नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंकामा एकैसाथ सञ्चालन गरिने ग्रुप–वाइड म्यानेजमेन्ट ट्रेनी कार्यक्रम हो ।
दराजका अनुसार भविष्यका नेतृत्वदायी क्षमतायुक्त स्थानीय प्रतिभालाई पहिचान गर्दै ई–कमर्श क्षेत्रलाई थप समृद्ध बनाउँदै लैजानु यस कार्यक्रमको उद्देश्य हो । १५ महिना घुम्ती कार्यक्रमका रूपमा चल्ने उक्त कार्यक्रम सन् २०२५ को जुलाईदेखि सुरु हुने दराजले जनाएको छ ।
कार्यक्रमअन्तर्गत सहभागीले कम्पनीका मुख्य विभागमा संरचित तरिकाले घुम्ती प्रशिक्षण लिने अवसर प्राप्त गर्नेछन् । वरिष्ठ नेतृत्वको मार्गदर्शनमा प्रशिक्षार्थीले स्थानीय तथा अन्तर्राष्ट्रिय रणनीतिक टोलीसँग काम गर्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ । यसका लागि वैशाख ८ देखि १४ सम्म खुला रहनेछ । साथै आवेदनकर्ताले दराजको करियर पृष्ठमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
