बीवाईडी ईभीमा साइमेक्सले ल्यायो एक्सटेन्डेड वारेन्टी

वैशाख ३, २०८२

कान्तिपुर संवाददाता

Cymex brings extended warranty to BYD EV

काठमाडौँ — नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कले देशभर बिक्रीमा रहेका सबै बीवाईडी इलेक्ट्रिक सवारीमा विस्तारित वारेन्टी (एक्सटेन्डेड वारेन्टी) नीति लागू गर्ने घोषणा गरेको छ । यो नयाँ नीति ग्राहक सन्तुष्टि र भरोसा कायम राख्न डिजाइन गरिएको कम्पनीको भनाइ छ ।

 यसअन्तर्गत ब्याट्री, मोटर, भेहिकल कम्पोनेन्ट्सलगायत विभिन्न भागको वारेन्टी अवधि अझ लामो बनाइएको छ । ब्याट्री र मोटरमा अब १० वर्ष वा २ लाख किलोमिटरसम्मको कभरेज पाइनेछ । जुन अहिलेको ईभी उद्योगमै सबैभन्दा लामो मानिने कम्पनीको दाबी छ ।

बीवाईडीको अत्याधुनिक प्रविधिमा आधारित विद्युतीय सवारीहरूको विश्वसनीयता र टिकाउपनामा कम्पनीको दृढ विश्वास रहेको साइमेक्सका सीईओ साहिल श्रेष्ठले बताए । यो विस्तारित वारेन्टीले विद्युतीय सवारी प्रयोग गर्ने ग्राहकलाई दीर्घकालीन मूल्य र सन्तुष्टि दिन सहयोग पुर्‍याउने उनको भनाइ छ ।

कान्तिपुर

Link copied successfully