बिम्स्टेक शिखर सम्मेलनमा नेपाल सरकार र रेडबुलका प्रतिनिधिबीच भेट

चैत्र २५, २०८१

कान्तिपुर संवाददाता

A meeting between the Government of Nepal and representatives of Red Bull at the BIMSTEC summit

काठमाडौँ — हालै सम्पन्न छैटौं बिम्स्टेक शिखर सम्मेलन तथा नेपालका प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणको क्रममा प्रतिष्ठित इनर्जी ड्रिंक ब्रान्ड रेड बुलका थाई तथा नेपाली प्रतिनिधि र सरकारी पक्षबीच महत्त्वपूर्ण अनौपचारिक भेटघाट भएको छ।

थाइल्याण्डस्थित नेपाली दुतावासले आयोजना गरेको रात्रिभोजमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, पररास्ट्रमन्त्री आरजु राणा देउवा, रेड बुलको मातृकम्पनी टीसीपी समूहका प्रमुख कार्यकारी अधिकृत सरभूत युविध्या तथा नेपालमा रेड बुलको लाइसेन्सी सरस बेभरेजेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालबीच भेटघाट भएको हो । 

उक्त भेटघाटमा सिलवाल र युविध्याले प्रधानमन्त्री ओली र पररास्ट्रमन्त्री देउवालाई रेड बुल ब्रान्ड थाइल्याण्ड र नेपालबीच सहकार्यको सफल उदाहरण बनेको जानकारी गराउँदै विश्वव्यापी रूपमा अद्वितीय स्वाद र गुणस्तरको लागि परिचित रेड बुल ब्रान्ड नेपाली उपभोक्ता माझ पनि अत्यन्त लोकप्रीय रहेको जानकारी गराए । 

नेपालको अमरापुरीस्थित फ्याक्ट्री रेड बुलको विश्वकै पाचौं फ्याक्ट्री रहेको र उत्पादनमा आवश्यक पर्ने आधा भन्दा बढी उर्जा सोलार प्रविधिबाट उत्पन्न गराइने हुँदा बातावरणमैत्री फ्याक्ट्री अवलम्बन गर्न सफल भएको अवगत गराउँदै सिलवाल र युविध्याले हाल नेपालस्थित फ्याक्ट्रीले ४०० बढीलाई रोजगारी दिइरहेको तथा थप २ मिलियन अमेरिकी डलर लगानी गरी उक्त फ्याक्ट्रीलाई विस्तार गर्दै थप रोजगारी सिर्जना गर्ने योजना सुनाएका थिए । 

यस क्रममा सरस बेभरेजेजले नेपाली बजारमा नयाँ उत्पादनहरु ल्याउन तथा छिमेकी राष्ट्रहरु भारत र बंगलादेशमा निर्यातका लागि गृहकार्य गरिरहेको जानकारी गराइएको छ । हाल नेपालमा सरस बेभरेजले रेड बुलको व्यापारबाट १ अर्ब बढी कर नेपाल सरकारलाई बुझाउँदै आएको छ ।

कान्तिपुर

Link copied successfully