नेपाल क्लियरिङ हाउसको कार्ड स्किम 

चैत्र २०, २०८१

कान्तिपुर संवाददाता

Card Scheme of Nepal Clearing House

काठमाडौँ — नेपाल क्लियरिङ हाउसले एनपीएस–नेसनल कार्ड स्विच र डोमेस्टिक कार्ड स्किम प्राविधिक रूपमा तयार भएको बताएको छ । गभर्नर महाप्रसाद अधिकारीले स्विच र स्किमको अनावरणसमेत गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट एनसीएचएलले हालै प्राप्त गरेको अन्तिम स्वीकृतिअनुसार एनपीएस कार्ड स्विच र नेपाल पे कार्डको तयारी भएको हो ।

नेपाल पे कार्डबाट कन्ट्रोल इन्भाइरोनमेन्टमा पीओएस र एटीएमबाट कारोबार गरी एनपीएसको पूर्वाधार तयारी भएको गभर्नर अधिकारीले जानकारी दिए ।

एनपीएसको पूर्वाधारअन्तर्गत नेसनल कार्ड स्विचअन्तर्गत केन्द्रीकृत व्यवस्थापन र वितरण प्रणाली एआई/एमएलमा आधारित जोखिम व्यवस्थापन प्रणाली कार्यान्वयन हुनेछ ।

कान्तिपुर

Link copied successfully