ग्लोबल आईएमई बैंक र आईएफसीबीच सम्झौता

चैत्र १५, २०८१

कान्तिपुर संवाददाता

Agreement between Global IME Bank and IFC

काठमाडौँ — ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडल अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईएफसीका तर्फबाट एफआईजी, एसिया र प्यासिफिक रिजनल इन्ड्रस्टी डाइरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गरे ।

सम्झौताअनुसार विश्व बैंक समूहअन्तर्गत रहेको आईएफसीले ग्लोबल आइएमई बैंकको डिजिटल रूपान्तरण तथा डाटा म्याचुरिटी मूल्यांकन गर्ने, सुधार गर्न आवश्यक रहेका क्षेत्र पहिचान गर्ने र बैंकको डिजिटल बैंकिङ क्षमता अभिवृद्धि गर्नका लागि रणनीतिक सुझाव प्रदान गर्ने जनाएको छ ।

साथै आईएफसीले एम्बेडेड फाइनान्स मोडेल प्रवर्द्धन गर्न फिनटेकको सम्भाव्यता अध्ययन गरी बैंकलाई सल्लाह प्रदान गर्नेछ । सम्झौतापछि बैंकमा उपलब्ध विभिन्न सेवा तथा सुविधालाई रूपान्तरण गरी नवीन र प्रविधिमैत्री सेवा विकास गर्न सहज हुने विश्वास बैंकले लिएको जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully