विराटनगरमा ढाका महोत्सव

चैत्र ९, २०८१

कान्तिपुर संवाददाता

Dhaka Festival in Biratnagar

विराटनगर — विराटनगरमा तीनदिने ढाका कपडा महोत्सव गरिएको छ । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक समारोहबीच महोत्सव उद्घाटन गरे । नेपाली उत्पादन ढाकाको प्रवर्द्धनका लागि सरकारले लगानी गर्नुपर्ने उनको भनाइ छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कोशीका ढाका उद्योगलाई थप प्रवर्द्धन हुने गरी बजेट विनियोजन गर्ने उनले आश्वासनसमेत दिए । उनले त्यसका लागि ढाका उद्योगहरूले सामना गरिरहेका समस्याबारे राय र सुझावसमेत मागेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको महिला उद्यम समितिको आयोजनामा सुरु भएको महोत्सवमा कोशीका ३० भन्दा बढी ढाका उद्योगका स्टल छन् । महोत्सव शनिबार सकिँदै छ । 

कान्तिपुर संवाददाता

Link copied successfully