काठमाडौँ — इँटाको विकल्पमा सिमेन्ट र बालुवा प्रयोग गरेर बनाइने एएसी ब्लक उत्पादक संघले ‘दिगो भविष्य निर्माण’ भन्ने नाराका साथ प्रथम एएसी सम्मेलनको आयोजना गर्ने भएको छ ।
एएसी ब्लकको उपयोगिता बढाउन सम्मेलन आयोजना गर्न लागिएको एएसी ब्रिक उत्पादक संघका अध्यक्ष निकोलस पाण्डेले बताए । उनले सम्मेलनमा भारतबाट समेत विज्ञहरू आउने र स्ट्रक्चरल तथा आर्किटेक्ट इञ्जिनियरहरूको पनि उपस्थिति हुने बताए ।
नेपालमा पाँच अर्ब रूपैयाँ लगानीमा ९ वटा एएसी ब्लक उद्योग सञ्चालनमा रहेको बताउँदै अध्यक्ष पाण्डेले यी उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पाँच हजारले रोजगारी पाएको बताए । उनले एएसी ब्लकको माग अहिले कम भएकाले उद्योगीले कुल क्षमताको २० प्रतिशत मात्रै उत्पादन गरिरहेको बताए । सम्मेलन चैत ८ गतेबाट सुरु हुनेछ ।
अभिषेक अधिकारी (प्रशिक्षार्थी)
