कोका–कोलाको ‘वाउ’ परियोजना 

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

Coca-Cola's 'Wow' Project

काठमाडौँ — कोका–कोका बेभरेज नेपालले ‘वाउ’ (वेल बिङ आउट अफ वेस्ट) नामक परियोजनाको एक वर्ष पूरा पुगेको छ । वर्ल्ड रिसाइक्लिङ डेको अवसरमा पारेर कम्पनीले उक्त परियोजना एक वर्ष पूरा गरेको जनाएको हो ।

यस परियोजनाले नेपालमा दिगो विकास, महिला सशक्तीकरण र फोहोर व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको कम्पनीको भनाइ छ ।

उक्त परियोजना सन् २०२४ को फेब्रुअरीमा सुरु भएको थियो । यस परियोजनाले १ लाख ४४ हजार केजी पीईटी बोतललाई ल्यान्डफिलमा जानबाट जोगाई त्यसलाई पुनः उपयोगी स्रोतमा परिणत गरेको जनाइएको छ । परियोजनाले काठमाडौंको बुढानीलकण्ठमा मटेरियल रिकभरी फ्यासिलिटी स्थापनासमेत गरेको कम्पनीको भनाइ छ, जहाँ पीईटी बोतललाई बन्डल बनाई नवलपरासीस्थित पीईटी रिसाइकलरमा पठाउने गरिन्छ । त्यहाँ बोतललाई फ्लेक्समा परिणत गरी पुनः प्रक्रियामार्फत पोलिस्टर स्टेपल फाइबर जस्ता सामग्रीमा रूपान्तरण गरिने कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully