नेपाली बजारमा एमजीको एसयूभी एस-५

फाल्गुन २३, २०८१

कान्तिपुर संवाददाता

MG's SUV S-5 in the Nepali market

काठमाडौँ — नेपाली बजारमा एमजीको इभी एसयूभी एस-५ सार्वजनिक भएको छ । नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले बिहीबार एक कार्यक्रमबीच एसयूभी एस ५ सार्वजनिक गरेको हो । उक्त कारमा ४९ किलोवाट क्षमताको ब्याट्री र फूल चार्जमा ३४० किलोमिटर माइलेज दिने प्यारामाउण्ट मोटर्स कम्पनीका महाप्रबन्धक सुनिल क्षेत्रीले बताए ।

एस ५ तीन भेरिएन्टमा उपलब्ध रहेको छ । जसको मूल्य ४३ लाख ९९ हजार, ४९ लाख ९९ हजार र ५४ लाख ९९ हजार रुपैयाँ रहेको छ । यो कारमा सबैभन्दा पातलो अल्ट्रा थिन ब्याट्री प्रयोग गरिएको छ । ९९ किलोवाटको यो गाडीमा ४९.१ र ६२.२ किलोवाटको ब्याट्री जडान गरिएको छ । 

४९.१ किलोवाट लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ जसको अर्थ सकारात्मक इलेक्ट्रोड सामग्रीको रूपमा र कार्बनलाई नकारात्मक इलेक्ट्रोड सामग्रीको रूपमा प्रयोग गर्नु हो । एस ५ ले सिंगल चार्जमा ३४० किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ ।

एमजीको एस–५ को लम्बाई ४४७६ एमएम, चौडाइ १८४९ एमएम र उचाई १६२१ एमएम छ । १२.८ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र माथिल्लो भेरिएन्टमा प्यानोरामिक सनरुफ लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ । 

एस ५ मा रियर हिृवल ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सन लगायतका विभिन्न विशेषता छन् ।  स्टेरिङ कोलुममै गियर सिफ्टर रहेको छ र ड्यासबोर्डको बीचमा १५.६ इन्चको फ्लोटिङ टचस्क्रिन रहेको छ ।

- अभिषेक अधिकारी [प्रशिक्षार्थी]

कान्तिपुर संवाददाता

Link copied successfully