बीवाईडी हाई-टेक विक सुरु

फाल्गुन १५, २०८१

कान्तिपुर संवाददाता

BYD Hi-Tech Week begins

काठमाडौँ — नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिको आयोजनामा काठमाडौंमा ‘बीवाईडी हाई–टेक विक २०२५’ सुरु भएको छ । बुधबारदेखि एभरेस्ट होटल परिसरमा सुरु भएको प्रदर्शनी फागुन १८ सम्म सञ्चालन हुनेछ ।

बीवाईडी सार्क, बाओ फाइभ, डेन्जा, याङवाङ यु८ र जेड नाई जीटी गरी ५ मोडेल प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा बीवाईडीले प्रयोग गरेका विभिन्न अत्याधुनिक प्रविधिबारे पनि अवलोनकर्तालाई जानकारी दिइएको थियो । प्रदर्शनीको हाई–टेक इन्टर्‍याक्टिभ जोनमा बीवाईडी गाडीमा हुने ब्लेड ब्याट्रीदेखि एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) सम्मका नयाँ प्रविधिबारे जानकारी गराइएको थियो ।

प्रदर्शनीमा बीवाईडीका विभिन्न मोडलका गाडीहरूको पर्फमेन्स र डेमोसमेत प्रदर्शन गरिएको थियो । प्रदर्शनीमा ईभी प्रविधि र एआईका बारेमा समेत छलफल सत्र चलाइएको थियो । जसमा साइमेक्स इंक प्रालिकी अध्यक्ष यमुना श्रेष्ठले वातावरणमैत्री सवारीसाधनको प्रवर्द्धन गर्न आफूहरू लागिपरेको बताइन् ।

कान्तिपुर

Link copied successfully