काठमाडौँ — ‘बाधा तोड्दै – जीवन रूपान्तरण गर्दै’ भन्ने नाराका साथ जोन्टा काठमाडौं क्षेत्र–२ को पहिलो क्षेत्रीय बैठक सम्पन्न भएको छ । बैठकमा बंगलादेशबाट २२ र नेपालबाट ५६ भन्दा बढी जोन्टियनहरूको उपस्थिति रहेको थियो ।
बैठकले महिला तथा किशोरीको सशक्तीकरण, शिक्षा, र वकालतप्रति जोन्टाको मूल्यमान्यता उजागर गरेको छ ।क्षेत्रीय निर्देशक जोन्टियन मीरा ज्योतिले बैठकको अध्यक्षता गरेकी थिइन् ।
सहभागी क्लबहरूले आफ्ना गतिविधिहरूको समीक्षा गर्दै सार्थक परिवर्तनका लागि प्रतिबद्धता दोहोर्याएका छन् । साथै, जोन्टा इन्टरनेसनलको जलवायु न्याय लक्ष्यलाई समर्थन गर्दै दिगो कार्य र वातावरणीय उत्तरदायित्वको महत्त्वलाई उजागर गरिएको छ । भविष्यका पुस्ताहरूको सुरक्षाका लागि महिलाको महत्त्वपूर्ण भूमिकालाई पनि बैठकमा स्वीकार गरिको छ ।
बैठकमा तत्कालीन जिल्ला गभर्नर जोन्टियन श्रीजना राणा, जिल्ला कोषाध्यक्ष जोन्टियन खादिजा अफजल, जिल्ला सचिव जोन्टियन अनिजा चौधरी, उपक्षेत्र २ निर्देशक जोन्टियन जाहिदा खातुन, साथै जिल्ला २५ का विभिन्न समिति अध्यक्ष, सह-अध्यक्ष, र क्लब अध्यक्षहरूको उपस्थिति थियो ।
