खातामा प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एसियाको आग्रह 

माघ २४, २०८१

कान्तिपुर संवाददाता

NIC Asia's request to update the PAN number in the account

काठमाडौँ — एनआईसी एसिया बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ । 

बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐन २०५८ बमोजिम स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले बैंकले यस्तो अनुरोध गरेको हो । 

आफूलाई पायक पर्ने बैंकका जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान नम्बर अद्यावधिक गर्न सकिने जनाइएको छ । 

कान्तिपुर

Link copied successfully