काठमाडौँ — नेपाल टिस्यु उद्योग सङ्घको अध्यक्षमा यादव घिमिरे निर्वाचित भएका छन् । संघको तेस्रो वार्षिक साधारण सभाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्ष रामहरि कार्की, सचिवमा विष्णुप्रसाद बख्रेल, कोषाध्यक्षमा श्यामहरि लुइँटेल चयन भएका छन् । यसै गरी सदस्यहरूमा प्रेमहरि मैनाली, निरञ्जन घिमिरे, राजेश श्रेष्ठ, अनिल प्रधान, सुनिला गोयल अग्रवाल निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष घिमिरेले आगामी दिनमा सङ्घको सदस्यता विस्तार, मर्यादित तथा व्यवस्थित सङ्गठन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, टिस्यु पेपरको कच्चा पर्दाथमा सरकारले लगाउँदै आएको अन्तःशुल्क हटाउन पहल गर्ने पनि उनले बताए।
सङ्घका निवर्तमान अध्यक्ष मनोज मानन्धरको सभापतित्वमा बिहीबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा धर्मेन्द्र झा र अतिथिका रूपमा सुशील कुमार गोशाली र इन्द्रबहादुर कार्की उपस्थिति थियो।
