काठमाडौँ — मेटलाइफले पिछडिएका समुदायका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ । मेटलाइफले सुनसरीका पिछडिएका समुदायलाई न्यानो कपडा वितरण गर्न ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड नेपाल) लाई सहयोग गरेको हो ।
यसले दुहवी नगरपालिका, बर्जु गाउँपालिका, गढी गाउँपालिका र इनरुवा नगरपालिकाका दलित तथा मुसहर समुदायलाई अत्यावश्यक राहत प्रदान गर्ने मेटलाइफले जनाएको छ । उक्त सहयोगले एक हजार जना ज्येष्ठ नागरिक र पाँच सय जना विधवा महिलाहरू लाभान्वित हुने जनाइएको छ ।
