बैंकर्स संघ र एआईबीआईबीच लगानी सम्झौता

माघ १८, २०८१

कान्तिपुर संवाददाता

Investment Agreement between Bankers Association and AIBI

काठमाडौँ — नेपाल मर्चेन्ट बैंकर्स संघ र एसोसिएसन अफ इन्भेस्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) बीच लगानी व्यवसायबारे पारस्परिक सहयोग र सहकार्यसम्बन्धी साझेदारी सम्झौता भएको छ ।

भारतको मुम्बईस्थित जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा आयोजित एआईबीआईको १३ औं वार्षिक सम्मेलनमा सम्झौता भएको हो । नेपाल मर्चेन्ट बैंकर्स संघका तर्फबाट अध्यक्ष रामेन्द्र रायमाझी र एआईबीआईका तर्फबाट अध्यक्ष महावीर लुनावतले उक्त सम्झौतामा हस्ताक्षर गरे ।

नेपाल मर्चेन्ट बैंकर्स संघ र एसोसिएसन अफ इन्भेस्टमेन्ट बैंकर्स अफ इन्डियाबीच सम्पन्न सम्झौताअनुसार भारत र नेपालका मर्चेन्ट बैंकरबीच सीप विकास तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने, नैतिक मापदण्ड कायम गर्ने, व्यावसायिक विकास सँगसँगै नियामक निकायसँगको समन्वयलाई बढावा दिन र सूचना तथा प्रविधिको विकासमा पारस्परिक सहयोग र सहकार्य प्रदान गरिने जनाइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully