'व्यवसायमैत्री वातावरण भए व्यवसाय र राजस्व दुवै बढ्छ’

माघ १५, २०८१

कान्तिपुर संवाददाता

”If there is a business-friendly environment, both business and revenue will increase”

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनुकूल व्यावसायिक वातावरण र आर्थिक गतिविधि चलायमान भएमा स्वतः राजस्व वृद्धि हुने बताएका छन् ।

७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले राजस्व संकलनको वार्षिक र मासिक लक्ष्य तोकिनुभन्दा स्वच्छ व्यवसायमैत्री वातावरण सिर्जना गर्नेतर्फ सरकारका क्रियाकलाप केन्द्रित भबए व्यवसाय र राजस्व बढ्ने बताएका हुन् ।

उनले अवैध व्यापार नियन्त्रण गर्न वैदेशिक व्यापार हुने मुख्य देशसँग द्विपक्षीय सम्झौता गरी स्वचालित तथ्यांक आदनप्रदान गर्न सकेको खण्डमा पनि भन्सार कार्यालयमा आउने न्यून तथा अधिक विजकीकरण, वर्गीकरणलगायत समस्या धेरै हदसम्म न्यूनीकरण गर्न सकिने बताए ।

कान्तिपुर

Link copied successfully